Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फाइनान्सको राइट सेयरमा आज देखि आवेदन दिन सकिने

अर्थ संसार

आइतबार, १० भदौ २०८०, १० : ४६ मा प्रकाशित

मल्टीपर्पस फाइनान्सको राइट सेयरमा आज देखि आवेदन दिन सकिने

मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला भएको छ। आज भदौ १० गतेदेखि फाइनान्सले ३५ प्रतिशतको हकप्रद सेयर निष्काशन खुला  भएको हो।अर्थात फाइनान्सको १०० कित्ता सेयर भएका लगानीकर्ताले ३५ कित्ता सेयरका लागि आवेदन दिन पाउने छन्। 

मल्टीपर्पस फाइनान्सको अहिलेको चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ। अब खुला गर्ने ३५ प्रतिशतले उठने १५ करोड ८२ लाख रुपैयाँ बाँडफाँट पश्चात फाइनान्सको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ। जस अनुसार कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन  भएको हो। 

हकप्रदको जानकारी 

क-कसले भर्न पाउँछन ?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि साउन १२ गते बुकक्लोज गरेको थियो । त्यसैले, साउन ११  गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् ।

कहिलेसम्म भर्न पाइन्छ?

भदौ १० गतेबाट निष्कासन गरिने उक्त हकप्रद सेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन पाइनेछ ।

रेटिङ कति ?

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले फाइनान्सलाई आइआरएन सिङ्गल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।।

को हो बिक्री प्रबन्धक?

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

कहाँबाट दिने आवेदन?

कम्पनीको हकप्रदमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन 

हकप्रदको रकमलाई प्रयोग केसमा 
हकप्रद सेयर निष्काशनबाट संकलन भएको २ करोड रुपैयाँ तरलता कायम गर्न नेपाल राष्ट्र बैंकमा मौज्दात कायम गर्न, ३ करोड ८२ लाख रुपैयाँ कर्जा तथा लगानी प्रवाह गर्न, २ करोड रुपैयाँ शाखा विस्तार गर्न र बाँकी ८ करोड सरकारी ऋणपत्र खरिद गर्न प्रयोग गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको