Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकले ३ कम्पनीको शेयर लिलामीमा ल्याउँदै

अर्थ संसार

शनिबार, ११ पुस २०७७, १२ : ३० मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकले ३ कम्पनीको शेयर लिलामीमा ल्याउँदै

अर्थ संसार, काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेकाे ३ वटा कम्पनीकाे शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

बैंकले आरएमडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडकाे २२ हजार ३ सय ७० कित्ता, ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडकाे २६ हजार ३ सय कित्ता र युनाइटेड इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ९६ हजार ६ सय ४९ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेकाे हाे ।

जसमध्ये आरएमडिसी लघुवित्त वित्तिय संस्थाको न्यूनतम मूल्य प्रतिकित्ता ४८५ रुपैयाँ तोकिएको छ, भने ग्रामीण विकास लघुवित्त वित्तिय संस्था सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २६९ रुपैयाँ तोकिएको छ । त्यसैगरी युनाइटेड इन्स्याेरेन्स कम्पनीको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २४१ रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले न्युनतम एक हजार कित्ता र अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण कित्ताको लागि पुस १९ गते, आइतबारबाट माघ ४ गते आइतबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

लगानीकर्ताहरुले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं तथा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे केन्द्रिय कार्यालयमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको