Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, लगानीकर्ताको हात खाली

अर्थ संसार

मंगलबार, २३ जेठ २०८०, ११ : ०६ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, लगानीकर्ताको हात खाली

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको वार्षिक साधारण सभा  असार १६ गते, सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

बैंकले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेकाे छ । त्यसैले याे वर्ष बैंकका लगानीकर्ताहरूकाे हात खाली हुनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालनको निर्वाचन गर्नेछ । 

यसका साथै, सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालन समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । मर्जर प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने भएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । 

त्यसैगरी, बैंकले साधारण सभा प्रयोजनको लागि असार ४ गतेदेखि १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेकाे छ । त्यसैले, असार ३ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको