Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकले पठायाे बोनस, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार

आइतबार, २० चैत्र २०७८, ११ : १६ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकले पठायाे बोनस, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ ।

बैंककाे असाेज १६ गते सम्पन्न भएकाे पन्ध्राैँ वार्षिक साधारण सभाले पारित गरेकाे १२ प्रतिशत बोनस सेयर बुकक्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म अर्थात् भदाै ३१ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे बैंकले जनाएकाे छ । 

त्यसैगरी, बैंकले उक्त मिति पश्चात् सेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।  धिताे राखेकाे सेयरकाे हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट No Objection Letter प्राप्त भएपछि मात्र बाेनस पठाइनेछ । 

बैंककाे सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

624931b1bfbb1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको