Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, सेयरधनीको हात खाली

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, ०७ : ५५ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, सेयरधनीको हात खाली

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ छ। बैंकको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले बैंकले आफ्नो १८ औँ  वार्षिक साधारण सभा आवहान गरेको हो ।  

बैंकले आफ्नो साधारणसभा असार २९ गते झापाको बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा बिहान ११ बजे सभा डाकेको छ । जसका लागि बैंकले असार १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज तय गरेको छ । अर्थात,असार १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा भाग लिन पाउनेछन्। 

बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रदान नगर्ने निर्णय पहिले नै गरिसकेको थियो। सभामा अध्यक्षले आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त प्रतिवेदन माथि छलफल गरि पारित गरिनेछ। तेस्तै,लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनुका साथै आव २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र सञ्चालकहरुको नियुक्ती गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रयोजनका लागि १७ औं वार्षिक साधारण सभाले दिएको अख्तियारीलाई निरन्तर्ता दिदै सो सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न नियमनकारी नियकाबाट निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिने भनिएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको