Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न एक्सल डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

आइतबार, १९ असार २०७९, ०७ : १७ मा प्रकाशित

लाभांश पारित गर्न एक्सल डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

एक्सल डेभलपमेन्ट बैंकले ९ साउनमा १६ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा सिद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट ८ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगदन लाभांश गरी कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमाा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा छन् । 

सभा प्रयोजनका लागि बैंकले २८ असारमा बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, २७ असार नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

बैंकको सूचनाः

62c0f214a3c24.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको