Like us!
Follow us!
Connect us!
Watch us!
भिडियो कुराकानी

पर्यटन क्षेत्रले सरकार चाहिँदैन भन्ने अबस्था आयाे : डा. धनन्जय रेग्मी, सिईओ,पर्यटन बाेर्ड

अर्थ संसार टक

मंगलबार, १४ पुस २०७७, ११ : १८ मा प्रकाशित

काेभिडले थलिएकाे पर्यटन उद्याेगलाई राहत दिन बजेट र माैद्रिक नीतिमार्फत ल्याइएकाे राहत प्याकेज ९ महिना वितिसक्दा कार्यान्वयन नभएकाेमा पर्यटन बाेर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले असन्तुष्टि पाेखेका छन् ।

अर्थसंसार टकमा कुरकानी गर्दै रेग्मीले भने, माैद्रिक नीति मार्फत १ खर्व रूपैयाँ पर्यक्षेत्रमा लगानी भएकाे ऋणमा अनुदान दिन र ५० अर्व रूपैयाँ यस क्षेत्रमा राेजगारी सिर्जना गर्नका लागि भनेर छुट्याइएकाे थियाे । यसले सबैलाई उत्साहित बनाएकाे थियाे । अहिले आ एर भनिएका कुरा पूरा नहुँदा राज्यसँग गरिएकाे अपेक्षा पूरा भएन ।

गभर्नरसँग भेट्न खाेज्दा भेट्नै पाएका छैनाैं । राज्यले कर मात्रै उठाउने हाे भने निजी क्षेत्रलाई दिन्छु भन्नु हुँदैनथ्याे । दिन्छु भनेपछि पूरा गर्नु पर्छ । सरकारले घाेषणा गरेकाे राहत नपाउँदा धेरैले यस क्षेत्रमा राेजगार गुमाएका छन् । सरकारले घाेषणा गरेकाे राहत प्याकेज कार्यान्वयनमा ल्याएन भने पर्यटन उद्याेग क्षेत्रले सरकार चाहिँदैन भन्ने अबस्था आ उन सक्छ ।

पर्यटन क्षेत्रका सबैकाे सरकारप्रति विश्वास उठेर जाने छ । सरकारले काेभिड महामारीका बेला विदेशी नागरिकलाई नेपाल आ उन दिने भिषा नीति अस्थिर बनाएकाे पनि उनले आराेप लगाए ।

विदेशबाट आउने कसैलाई क्वारेन्टाइन बस्न नपर्ने, कसैलाई ७ दिन बसे पुग्ने, कसैलाई १४ दिन बस्नु पर्ने हास्यास्पद नियम लगाइयाे, उनले भने, यस्ताे हुनु हुँदैन । पर्यटन क्षेत्रका जानकारहरूसँग समेत सुझाव लिएर नियम बनाउनु पर्छ, उनले भने । थप कुराकानी भिडियाेमा ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको