Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न एनसिसि बैंकले डाक्यो वार्षिक सभा

अर्थ संसार

विहीबार, १६ पुस २०७७, ०८ : १४ मा प्रकाशित

लाभांश पारित गर्न एनसिसि बैंकले डाक्यो वार्षिक सभा

नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंक लिमिटेडले तेइसौं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको पौष १५ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा माघ ९ गते, शुक्रबार बैंकको केन्द्रीय कार्यालय, बागबजार काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

संचालक समितिको तेइसौं वार्षिक प्रतिवेदन पारित गरिनुका साथै, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायत संलग्न अनुसूचीहरु समेतको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को मूनाफाबाट बैंकको हाल कायम चुक्ता पूँजीको १०.२६९५ प्रतिशत बोनस सेयर र ०.५४०५ नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरि पारित गरिनेछ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको