Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको सूर्यविनायक नगरपालिका विस्तारित काउण्टर समुद्घाटन

अर्थ संसार

सोमबार, २० पुस २०७७, ११ : ४९ मा प्रकाशित

एनआईसी एशिया बैंकको सूर्यविनायक नगरपालिका विस्तारित काउण्टर समुद्घाटन

एन आई सी एशिया बैंकले आफ्ना ९३ औं विस्तारित काउण्टर भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ । 

उक्त सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले संयुक्त रुपमा गर्नुभयो । 

समुद्घाटन कार्यक्रममा बोल्दै समुद्घाटन समारोहका प्रमुख अतिथि पूर्वमन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिकाले पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ राखिरहेको अवस्थाकाबीच एन आई सी एशिया बैंकसँगको साझेदारीले ई–बैंकिङ्गजस्तो महत्वपूर्ण विधाले नगरपालिकाको प्राथमिकतालाई थप सशक्त बनाउन मद्दत पुर्याउने र देशको अर्थतन्त्रलाई सुदृढीकरण गर्नका लागि बैंकिङ्ग प्रणालीको महत्वपूर्ण भूमिका रहेकोमा यस बैंकसँगको साझेदारीले थप सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

समुद्घाटन कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेज्यूले सूर्यविनायक नगरपालिकाको सम्पूर्ण बैंकिङ्ग कारोबारहरू व्यवस्थापन गर्ने जिम्मेवारी पाएकोमा सादर धन्यवाद ज्ञापन गर्दै देशकै नमूना नगरपालिका रुपमा रहेको सूर्यविनायक नगरपालिकाको बैंकिङ्ग पार्टनर हुन पाउनुलाई बैंकले निकै ठूलो गर्व र गौरवको विषयको रुपमा लिएको बताउनुभयो । साथै नगरपालिकाका मेयर वासुदेव थापाले विस्तारित काउण्टरबाट सम्पूर्ण नगरबासीले आधुनिक बैंकिङ्ग सेवा प्राप्त गर्नुका साथै कर्जा सुविधा समेत उपभोग गर्न पाउने बताउनुभयो । 

समुद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, सूर्यविनायक नगरपालिकाका उपमेयर जुना बस्नेत, प्रमुख प्रशासकिय अधिकृत कमल ज्ञवाली, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख भवराज जोशी, सूर्यविनायक नगरपालिकाका वडा अध्यक्षहरू, नगर सदस्यहरू एवं यस बैंकका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिती रहेको थियो ।

 बैंकले मुलुकभर रहेका ३३३ शाखा कार्यालयहरू, ४७१ एटिएम, ९३ वटा एक्स्टेन्सन काउण्टर एवं ७६ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको