Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकका ९ नयाँ शाखाको ई–उद्घाटन

अर्थ संसार

सोमबार, २० पुस २०७७, १७ : ०० मा प्रकाशित

कुमारी बैंकका ९ नयाँ शाखाको ई–उद्घाटन

कुमारी बैंक लिमिटेडले आफ्ना ९ नयाँ शाखाहरुको औपचारिक उद्घाटन समारोह सम्पन्न गरेको छ ।

यही गते उपत्यका भित्रका सात शाखाहरु: बाफल, नयाँपाटि, खुसीबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भएता पनि मोबाईल प्रविधिबाट विद्युतीय ई–उद्घाटन बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समितिकाअध्यक्ष अमिर प्रताप ज.ब.राणाले, बैंकका उच्च पधादिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न गर्नुभयो। 

यसैगरी, बेलबारी शाखा बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रुपमा गर्नुभयो । यसैगरी, फिक्कल शाखाको उद्घाटन पनि बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले संयुक्त रुपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिष तिमिल्सिना लगायत सम्बन्धित शाखा प्रबन्धक तथा शाखा पधादिकारीहरुको उपस्थितिमा सम्पन्न गर्नुभयो। 

कुमारी बैंकले आफ्ना देशभर रहेका १९२ शाखा संजाल, १५२ एटिएम्, २२ शाखारहित बैंकिङ्ग ईकाईहरू तथा १३ एक्सटेन्सन काउन्टर मार्फत आफ्नाग्राहकहरूलाई  सेवा प्रदान गर्दै आइरहेको  छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको