नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गते साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । बैंक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको जारी पूँजी रु. २० अर्बको ४० प्रतिशतले हुन आउने रु ८ अर्ब रकम बराबरको प्रतिसेयर रु सय अंकित दरका ८ करोड कित्ता सेयर मध्ये ०.२० प्रतिशत ले हुन आउने १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुको लागि तथा ५ प्रतिशतले हुन् आउने ४० लाख कित्ता सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणको लागि छुट्याइएको छ ।
बैंकको अधिकृत पूँजी ४० अर्ब,जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्काशन गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ।
बैंकको उक्त आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ।
कति दिने आवेदन ?
८ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्काशन हँुदा न्यूनतम ५० कित्ता देखि बढीमा ८० कित्ताको लागि आवेदन दिँदा राम्रो हुन्छ ।
कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताहरुले उक्त आइपिओमा माघ २ गतेदेखि छिटोमा माग ६ गतेसम्म र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
बिक्री प्रवन्धक को ?
बैंकले जारी गर्न लागेको आइपीओको प्रत्याभूतकर्ता नागरिक लगानी कोष रहेको छ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
कहाँ-कहाँबाट दिने आवेदन ?
आइपिओको बारेमा अन्य जानकारीको लागि तलको विवरण हेर्नुहोस्:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस