Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकले किन्यो विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई

आइतबार, १७ बैशाख २०७४, १४ : ५० मा प्रकाशित

प्राइम बैंकले किन्यो विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई

अर्थ संसार, 

काठमाडौं – प्राइम कमर्शियल बैंकले पुँजी बढाउन दुई विकास बैंक खरिद गरेको छ । दुई विकास बैंक प्राप्तिपछि प्राइमको चुक्तापुँजी ६ अर्ब ३२ करोड रुपैयाँ पुग्ने भएको छ । आउँदो असारसम्म ८ अर्ब रुपैयाँ पुँजी पुग्ने बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठले बताए ।

प्राइमले विराटनगरमा रहेको विराटलक्ष्मी विकास बैंक र बनेपामा रहेको कन्ट्री डेभलपमेन्ट बैंक खरिद गरेको हो । खरिदपछि एकीकृत कारोबार आजैदेखि सुरु भएको छ । एकीकृत कारोबारको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले आइतबार सुरुवात गरे ।

दुई संस्थालाई खरिद गरेपछि बैंकको निक्षेप परिचालन ५९ अर्ब ६९ करोड र कर्जा लगानी ५४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ  ।बैंकको शाखा संख्या ५५ पुगेको छ । बैंकले राजधानीको न्युरोडमा रहेको केन्द्रीय कार्यालयलाई स्थानान्तर गरी कमलपोखरीको आफ्नै भवनमा ल्याएको छ । नयाँ भवनको उद्घाटन पनि गभर्नर नेपालले गरे । 

सो अवसरमा गभर्नर नेपालले वित्तीय सुसाशान कायम गर्न बैंकलाई सुझाव दिए । उनले सुदूरपश्चिमलगायत अन्य विकट क्षेत्रमा पनि सेवा विस्तार गर्न बैंकलाई सुझाए ।

बैंकका सीईओ नारायणदास मानन्धरले बैंकले कम ब्याज दरमा कर्जा लगानी गरेको बताए । उनले चौंरी पालनका साथै माछापालन, डेरी, बाख्रापालन जस्ता उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएको जानकारी दिए ।

भूकम्प पीडितलाई सहुलियत दरमा २१ करोड रुपैयाँ कर्जा लगानी गरेको सो अवसरमा जानकारी दिइयो ।
सो अवसरमा सांसद तथा बैंकका सञ्चालक उमेश श्रेष्ठले राष्ट्र बैंकले पुँजी बढाएर बैंकको संख्या घटाउन लिएको योजना पूरा नभएको बताए ।

उनले बैंकले अब आधुनिक प्रणालीको अबलम्बन गर्दे कृषि, जलविद्युत, सेवा क्षेत्रमा लगानी विस्तार गर्न सुझाए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको