अर्थ संसार
काठमाडौं, बंगलादेशको चर्चित फर्निचर ब्राण्ड हटिलको शोरुम नेपालमै पहिलो पटक स्थापना भएको छ । बंगलादेशमा हटिल कम्पनी लिमिटेडले विशेषगरी आधुनिक डिजाइन र विभिन्न कलात्मक फर्निचरका लागी प्रसिद्ध छ ।
नेपालमा अखिल ट्रेडीङ कन्सर्नसँगको साझेदारीमा शोरुम स्थापना भएको हो, जुन नेपालको आधिकारीक विक्रेताको रुपमा रहेको छ ।
यसको शोरुम काठमाडौंको त्रिपुरेश्वरमा रहेको वल्ड ट्रेड सेन्टरमा छ । सुपथ मुल्यमा अधिकतम कलात्मक डिजाइनहरुका साथै सुन्दर र आधुनिक फर्निचरहरुले फर्नीचर पारखीहरुको मन जित्ने कम्पनीको विश्वास छ ।
आजै कम्पनीकै प्रांगणमा आयोजीत एक कार्यक्रममा आपूर्तीमन्त्री दिपक बोहोराले शोरुमको उद्घाटन गर्नुभयो । आपूर्ती मन्त्री बोहोराले पछिल्लो समय गुणस्तरीय सामान रोज्ने नेपालीको बानीका कारण विभिन्न खालका गुणस्तरीय फर्निचरका लागी चर्चित ब्राण्ड हटिल रोजाइमा पर्ने बताउनुभयो । उहाँले कम्पनीले नेपालमा शोरुम खोलेकोमा बधाई दिनुभयो ।
हटिलको आधिकारीक विक्रेता अखिल ट्रेडीङका अध्यक्ष अखिलकुमार चापागाईले अमेरीका, रुस, क्यानडाका साथै थाइल्याण्ड र भुटानमा समेत शोरुम स्थापना गरी विश्वब्यापी रुपमा ग्राहकको मन जित्न सफल हटिललाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो । अध्यक्ष चापागाइले यो फर्निचरले नेपाली ग्राहकहरुको मन जित्दै जिवनस्तर सहज र सुविधासम्पन्न बनाउने विश्वास ब्यक्त गर्नुभयो ।
हटिलका अध्यक्ष तथा प्रवन्ध निर्देशक सेलीम एच रेहमानले गुणस्तरीय फर्नीचर ब्राण्डको रुपमा विश्वमै स्थापीत गर्ने मात्र नभइ बंगलादेशलाई विश्वमै चिनाउने पनि आफूहरुको सपना भएको बताउनुभयो ।
‘नेपालको शोरुम हाम्रो त्यही सपनाको एउटा अभिब्यक्ती हो । हामीलाई यहाँ आउन सहयोग गर्ने बंगलादेश सरकार, नेपाल सरकार, बंगलादेश निर्यात प्रर्वद्धन ब्युरो र नेपाली जनतालाई हार्दीक धन्यवाद दिन चाहन्छु ।’ रेहमानले भन्नुभयो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा नेपालका लागी बंगलादेशका राजदुत मस्फी बिन्टे, बंगलादेशको निर्यात प्रवद्र्धन ब्युरोका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत माफु्रआह सुल्तान समुपस्थित हुनुहुन्थ्यो ।
हटिलका अध्यक्ष तथा प्रवन्ध निर्देशक सेलीम एच रेहमान, बजार प्रर्वद्धन निर्देशक मोशीउर रेहमान, विक्री तथा बजार प्रर्वद्र्धनका प्रसुख फिरोज अल ममुनको कार्यक्रममा उपस्थिती थियो ।
शोरुम उद्घाटनको एक साता आफ्ना उत्पादनहरुमा प्रर्वद्धनात्मक छुट दिने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस