Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना भाइरसका कारण विदेशमा थप ९ नेपालीको निधन

अर्थसंसार

मंगलबार, १३ माघ २०७७, १० : २५ मा प्रकाशित

कोरोना भाइरसका कारण विदेशमा थप ९ नेपालीको निधन

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना,  कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको  निधन भएको हो ।  गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो सँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा  ३ सय २७ पुगेको  छ ।    

संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५३ हजार ४ सय ३२ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, प्रोतुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।   यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ९४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६९ हजार १ सय ८०  जना छ भने  २ लाख ६३ हजार ७ सय ३४  जना अर्थात ९७.५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।  

एक सातामा औसतमा २ हजार नेपालीहरु संक्रमित

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा २ हजार नेपालीहरु संक्रमित हुने गरेको जनाएको छ । सो आधारमा एक महिनामा औसतमा ८ हजार नेपाली संक्रमित हुने गरेको समितिका संयोजक सञ्जिव सापकोटाले जानकारी दिनुभयो । सोही अवधिमा औसतमा एक महिनाको अवधिमा ४ हजार जना संक्रमणमुक्त हुने  आंकलन गरेको डा सापकोटाले बताउनुभयो ।

स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान सुरु भइसकेपनि नेपाल लगायतका नेपाली भएका कयौँ मुलुकमा खोप अभियान सुरु नभएकोले सावधानी अपनाउन आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको