Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ८४ लाख १७ हजार कित्ता सेयर सूचिकृत

नेप्से

शुक्रबार, १६ माघ २०७७, १२ : ५५ मा प्रकाशित

नेप्सेमा ८४ लाख १७ हजार कित्ता सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ३ वटा कम्पनीकाे ८४ लाख १७ हजार कित्ता बाेनस सेयर सूचिकृत भएको छ । 

स्टकका अनुसार सिटिजन्स बैंक लिमिटेडको ७२ लाख ७१ हजार ८ सय ५३ दशमलव ८३१८ कित्ता बाेनस सेयर नेप्सेमा सूचिकृत भएको छ । 

त्यसैगरी, क्रमशः फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ६० हजार ७ सय ४ दशमलव ५४ कित्ता र साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडकाे ३ लाख ८४ हजार ४ सय ८८ कित्ता बाेनस सेयर यो साता नेप्सेमा सूचिकृत भएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको