Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तको नाफा १७२.४२ प्रतिशतले बढ्दा अधिकांश सूचकमा चमक

अर्थ संसार

आइतबार, १८ माघ २०७७, ०८ : ४८ मा प्रकाशित

सिभिल लघुवित्तको नाफा १७२.४२ प्रतिशतले बढ्दा अधिकांश सूचकमा चमक

सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा २ करोड ७४ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा १७२.४२ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले १ करोड ६६ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । 
 
उक्त विवरण अनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ६ लाख ७४ हजार रुपैयाँ  खुद व्याज आम्दानी गरेको छ ।  गत वर्षको सोहि अवधिमा संस्थाले ४ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो 

त्यसैगरी, संस्थाको सञ्चालन नाफा पनि बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ करोड ६ लाख ४० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत वर्षको अवधिमा यो नाफा ८८ लाख २१ ह्जार रुपैयाँ रहेको थियो । 
 
हाल लघुवित्तको चुक्ता पुँजी २३ करोड ३९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १० करोड ५९ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, संस्थाको प्रतिसेयर नेटवर्थ १४४.४१ रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ३७.७० रुपैयाँ रहेको छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस्:

60161ec25de04.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको