सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितीले गर्ने निर्णय अनुसार संस्थाको ११ औँ बार्षिक साधारणसभा फागुन २९ बोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश गरी कुल १२.५७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सभाले उक्त प्रस्तमव पारित गर्नेछ ।
त्यस्तै सभाले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१ः४९ बनाउने प्रस्ताव समेत पारित गर्ने छ ।
लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन १४ बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस