Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तद्वारा कर्मचारीलाई अभिमुखिकरण कार्यक्रम

अर्थ संसार

शुक्रबार, १० भदौ २०७९, ११ : ४१ मा प्रकाशित

सिभिल लघुवित्तद्वारा कर्मचारीलाई अभिमुखिकरण कार्यक्रम

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीहरुलाई ग्राहक संरक्षणका सिद्धान्तहरु सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेकाे छ ।

संस्थाले ग्राहक सदस्यहरु र संस्थाको बीचमा सुमधुर सम्बन्ध निरन्तर कायम राखिराख्न टेवा पुग्ने अभिप्रायले सम्पूर्ण अनुगमन अधिकृत, शाखा कार्यालय प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई समेटी ३५० जना कर्मचारीहरुलाई भर्चुअल माध्यमबाट ग्राहक संरक्षणका सिद्धान्तहरु सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको हाे ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोवलका साथ ग्राहक सदस्यलाई सर्वोपरि मानी ग्राहक संरक्षणको सिद्धान्तहरु अनुसरण गर्दै आफ्ना दैनिक कामकारबाहीहरु नियमित रुपमा गर्नको लागि निर्देशन दिए ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको राष्ट्रिय स्तर कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले देशका ३४ जिल्लाहरुमा ७५ शाखा कार्यालयहरु मार्फत करिव ७१ हजार घरपरिवारमा लघुवित्तीय सेवाहरु लगायत गैर–वित्तीय सेवाहरु समेत प्रदान गर्दै आइरहेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको