Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्त बन्यो हिमालयन लघुवित्त, नेप्सेमा HLBSLको रुपमा कारोबार हुने

अर्थ संसार

शुक्रबार, ०५ साउन २०८०, ०८ : ३५ मा प्रकाशित

सिभिल लघुवित्त बन्यो हिमालयन लघुवित्त, नेप्सेमा HLBSLको रुपमा कारोबार हुने

नेप्सेमा सूचीकृत साबिकको सिभिल लघुवित्त वित्तीय संस्थाको नाम परिवर्तन भएको छ । सिभिल लघुविवत्त वित्तीय संस्थाको नाम परिवर्तन भएर अब हिमालयन लघुवित्त वित्तीय संस्था बनेको हो।

बिहिबार सम्म CLBSL को सिम्बलबाट कारोबार भएको नेप्सेमा अबआइतबारबाट HLBSL को सिम्बलबाट कारोबार हुनेछ । 

बिहिबार साबिक सिभिल लघुवित्तले वितरण गरेको बोनस सेयर पनि हिमालयन लघुवित्त वित्तीय संस्थाको नाममा सूचीकृत भयो। बिहीबार लघुवित्तको ३ लाख १६ हजार ९३६.८८५८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। 

 सिभिल लघुवित्तले आफ्नो सेयरधनीहरुलाई अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ११% बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर हिमालयनको नाममा सूचिकृत भएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको