Like us!
Follow us!
Connect us!
Watch us!

‘महाभियोग प्रस्ताव स्वेच्छाचारिताको पराकाष्टा’

सोमबार, १८ बैशाख २०७४, २१ : ४० मा प्रकाशित

‘महाभियोग प्रस्ताव स्वेच्छाचारिताको पराकाष्टा’

अर्थ संसार, 

काठमाडौँ- नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले व्यवस्थापिका–संसद्का केही सदस्यले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउनु ‘स्वेच्छाचारिताको पराकाष्टा’ भएको ठहर गरेको छ । 

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकको निर्णयमा भनिएको छ, “ पूर्वाग्रह र दुराशयपूर्ण उक्त प्रस्ताव विधिको शासन र स्वतन्त्र न्यायलयमाथिको ठाडो हस्तक्षेप हो भन्ने हाम्रो ठहर छ ।”

एमालेका सचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमाा भनिएको छ, “यो प्रस्ताव लोकतान्त्रिक व्यवस्थाअन्तर्गतको संविधानले व्यवस्था गरेको शक्ति पृथकीकरणको सिद्धान्तका विरुद्धमा मात्र छैन, यसले नेपाली काँग्रेस र माओवादी केन्द्रको स्वेच्छचारिताको पराकाष्टासमेत प्रकट गरेको छ । 

‘निर्भीक, दक्ष तथा कर्तव्यपरायण प्रधानन्यायाधीश’का विरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्तावको निन्दा गर्दै उक्त प्रस्ताव तत्काल फिर्ता लिन माग पनि गरिएको छ ।  रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको