नेपाल राष्ट्र बैंकले १० अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले २८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७७ साल फागुन १८ गते परिपक्क हुनेछ । यस्तै, बैंकले ९१ दिनकाे अवधिकाे लागि १० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल वैशाख २१ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल श्रावण १९ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज (माघ १९ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर भोलि (माघ २० गते, मंगलबार) बिक्री हुनेछ ।
ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस