Like us!
Follow us!
Connect us!
Watch us!

६ अर्ब २३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

अर्थ संसार

आइतबार, ०३ भदौ २०८०, १२ : २४ मा प्रकाशित

६ अर्ब २३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले ?

नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो ।

बैंकले ९१ दिनकाे अवधिकाे लागि ४ अर्ब २३ कराेड ३२ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल मंसिर ५ गते परिपक्क हुनेछ । त्यस्तै,  बैंकले ३६४ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल वि.सं २०८१ साल भदाै ४ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल भाेलि भदाै ४ गते, साेमबार दिउँसो ३ बजे बोलकबाेल भएर पर्सी भदाै ५ गते, मंगलबार बिक्री हुनेछ ।

ट्रेजरी बिल भनेको के हो ? 

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

 

64e1b5e171c2e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको