Like us!
Follow us!
Connect us!
Watch us!

३० अर्ब ८६ कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

अर्थ संसार

सोमबार, ०४ असार २०८०, १० : ५५ मा प्रकाशित

३० अर्ब ८६ कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

नेपाल राष्ट्र बैंकले ३० अर्ब ८६ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ नयाँ आन्तरिक ऋण उठाउन लागेको र २३ अर्ब ८६ करोड नवीकरण गर्न लागेको हाे । बैंकले ९१ दिनकाे अवधिका लागि ४ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । त्यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । यस बाहेक राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । 

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज असार ४ गते, साेमबार दिउँसो ३ बजे बोलकबाेल भएर भाेलि असार ५ गते, मंगलबार बिक्री हुनेछ ।

ट्रेजरी बिल भनेको के हो ? 

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको