नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले २८ दिनकाे अवधिका लागि ५ अर्ब रूपैयाँ बराबरको, ९१ दिनकाे अवधिकाे लागि ६ अर्ब ४ कराेड रूपैयाँ बराबरकाे, १८२ दिनकाे अवधिका लागि ७ अर्ब रूपैयाँ बराबरकाे र ३६४ दिनकाे अवधिका लागि २ अर्ब रूपैयाँ बराबरकाे गरी कुल २० अर्ब ४ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।
राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज भदाै १८ गते, साेमबार दिउँसो ३ बजे बोलकबाेल भएर भाेलि भदाै १९ गते, मंगलबार बिक्री हुनेछ ।
ट्रेजरी बिल भनेको के हो ?
ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस