Like us!
Follow us!
Connect us!
Watch us!

८ अर्ब ५० कराेडको ट्रेजरी नविकरण गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

अर्थ संसार

सोमबार, २५ भदौ २०८०, ११ : ०० मा प्रकाशित

८ अर्ब ५० कराेडको ट्रेजरी नविकरण गर्दै राष्ट्र बैंक, आजै बोलकबोल

नेपाल राष्ट्र बैंकले ८ अर्ब ५० कराेड रूपैयाँ बराबरको ट्रेजरी नविकरण गर्ने भएको छ । 

राष्ट्र बैंकले ९१ दिनकाे अवधिका लागि ८ अर्ब ५० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेकाे हाे । याे ट्रेजरी बिल मंसिर २६ गते परिपक्व हुनेछ । 

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज भदाै २५ गते, साेमबार दिउँसो ३ बजे बोलकबाेल भएर भाेलि भदाै २६ गते, मंगलबार बिक्री हुनेछ ।

ट्रेजरी बिल भनेको के हो ? 

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ : 

 

64fea31a99eec.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको