Like us!
Follow us!
Connect us!
Watch us!

मल्टीपर्पस फाइनान्सको अधिकांश सूचकमा चमक (विवरणसहित)

अर्थ संसार

सोमबार, १९ माघ २०७७, १४ : ४७ मा प्रकाशित

मल्टीपर्पस फाइनान्सको अधिकांश सूचकमा चमक (विवरणसहित)

मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सले २८ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ४७.१२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले १९ लाख ४७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे थियाे ।

दोस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्सले खुद व्याज आम्दानी पनि बढाएर ९२ लाख ७९ हजार रूपैयाँ पुर्याएकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले ७४ लाख ४३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । 

यसैगरी, अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष फाइनान्सको सञ्चालन मुनाफा पनि बढेकाे छ । फाइनान्सकाे सञ्चालन मुनाफा २७ लाख ८१ हजार रुपैयाँबाट बढेर ४० लाख ९२ हजार रुपैयाँ पुगेको छ ।

फाइनान्सकाे चुक्ता पुँजी २२ करोड ४० लाख ३७ हजार रुपैयाँ, जगेडा काेषमा ४ करोड ६१ लाख २७ लाख रुपैयाँ,  प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ७९ पैसा रहेकाे छ ।

फाइनान्सले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ  :

6017c5949328e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको