Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाले सञ्चालनमा ल्यायो विच्याट-युनियन पे भुक्तानी सेवा

अर्थ संसार

सोमबार, १९ माघ २०७७, १७ : ०९ मा प्रकाशित

कामना सेवाले सञ्चालनमा ल्यायो विच्याट-युनियन पे भुक्तानी सेवा

कामना सेवा विकास बैंक र फर्ष्ट  पे टेक्नोलोजी प्रा.लि. बीच विच्याट पे र क्यिु-पे को भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गदै विच्याट पे र युनियन पे बाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सञ्चालनमा ल्याएको हो ।

यस सम्झौता पश्चात नेपाल आउने पर्यटक तथा स्वदेशी गा्रहकहरुले कामना सेवा विकास बैंकसगँ आवद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिद गरे बापतको रकम क्यिुआर कोड स्क्यान गरि/गराई विच्याट पे र युनियन पे को साथै अलिपे, खल्ती, प्रभु पे, क्यिु-पे, आईएमई पे, स्मार्ट क्युआर लगायत अन्य ४६ वटा अन्तर्राष्ट्रिय वालेटहरु मार्फत भुक्तानी गर्न सक्ने छन् ।

काठमाडौं-३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सी आश्वा, सोसल बैंकिङ्ग लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको