Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा १४औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

अर्थ संसार

आइतबार, २९ जेठ २०७९, १० : ४० मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा १४औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा जेष्ठ २७ गते शुक्रबारबाट मोरङ्ग जिल्लाको मिक्लाजुङ गा. पा. वडा नं ०३ धोबेनी बजारमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  

मिक्लाजुङ गा. पा. वडा नं ०३ धोबेनी बजारस्थित सिमन इन्टरप्राइजेज (प्रो. गणेश प्रसाद भट्टराई) लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ०३ का वडा अध्यक्ष सन्तोष कुमार थापा मगरले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा कालिका उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक मात्रिका प्रसाद न्यौपाने,  टाँडी, धोबेनी बजार व्यापार संघका अध्यक्ष संजय कुमार लिम्बु लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिती रहेको थियो । 

शाखारहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको