Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंक  र मोको एपबीचडिजिटल भुक्तानीको लागि साझेदारी

अर्थ संसार

सोमबार, २६ पुस २०७८, १८ : ०६ मा प्रकाशित

कामना सेवा विकास बैंक  र मोको एपबीचडिजिटल भुक्तानीको लागि साझेदारी

कामना सेवाविकास बैंकलिमिटेड र मोको एपबिच FOCUSONE Payment Solutions को डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्तसा झेदारी पत्रमा बैंकका प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेत र FOCUSONE Payment Solutions प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको हो ।   
MOCO  एपनेपालमा पहिलोे ’ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखीतुरुन्तै QR कोडको माध्यमबाट विभिन्नमर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन्।

कामना सेवाविकास बैंक लिमिटेडका भिसा कार्ड प्रयोग कर्ताहरूले अब MOCO एपमाआफ्नो डेबिट कार्ड लिंक गरी खरीदतथाविभिन्न सेवाहरूको भुक्तानीको लागिप्रयोग गर्न सक्नेछन् – जस्तै टेलिकम टप–अप, इन्टरनेट र बिजुलीको बिल, आदि। यो सेवालिन डिजिटल वालेटमा ग्राहकहरूले पटक–पटक ब्यालेन्स लोड गरी रहन पर्दैन।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशकाविभिन्नभागहरुमा१२९ वटा शाखा, १ Extension Counterर १ शाखा रहित बैंकिङ सेवातथा ७७ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको