Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा आठौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, १८ : १९ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा आठौं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । 

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल बैशाख ८ गत बिहीबारबाट लमजुङ जिल्लाको मध्य नेपाल न.पा. वडा नंं ०२ सोतीपसलमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

मध्य नेपाल न.पा. वडा नंं ०२ सोतीपसल स्थित पौडेल इलेक्ट्रिक पसल (प्रो. लक्ष्मण पौडेल) लाईशाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधिनि युक्त गरिएको छ ।

कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी, वडा नं. ०१ का वडा अध्यक्ष चन्द्रमणि पौडेल तथा वडा नं. ०२ का वडा अध्यक्ष पदम बहादुर थापाले संयुक्तरुपमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा उद्योग वाणिजय संघका अध्यक्ष ऋषी राम पुरी र मंगला माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णु हरि बास्तोला लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकमभुक्तानी, विभिन्नबिलभुक्तानीलगायतका सुविधाहरु प्रदानगरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।
 

62614f9e5e3e4.jpeg 62614f9e67c73.jpeg 62614f9e96ffa.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको