Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकद्वारा बाह्रौं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

अर्थ संसार

विहीबार, १२ जेठ २०७९, १८ : २५ मा प्रकाशित

कामना सेवा विकास बैंकद्वारा बाह्रौं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा  अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहितबैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा बिहीबारबाट चितवन जिल्लाको राप्तीन.पा. वडा नंं ०८ जोरकुलामा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

राप्तीन.पा. वडा नंं ०८ जोरकुलास्थित सुप्रियाथोक तथा खुद्रा किराना पसल(प्रो. सोम प्रसाद अधिकारी) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । राप्तीन.पा. वडा नंं ०८ का वडा अध्यक्ष पुर्ण प्रसाद आचार्यले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा बिरेन्द्रनगर साना सहरी खानेपानीबाट अम्बिका पाण्डे  लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।

शाखा रहित बैंकिङ्गमार्फत खाताखोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्गपहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।

628f757d17c7e.jfif 628f757d6abfd.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको