Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तको नाफा ५३.६९ प्रतिशतले बढ्दा अधिकांश सूचकमा चमक

अर्थ संसार

मंगलबार, २० माघ २०७७, ०८ : ०९ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तको नाफा ५३.६९ प्रतिशतले बढ्दा अधिकांश सूचकमा चमक

ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १२ करोड ९ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा ५३.६९ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले ७ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 
 
उक्त विवरण अनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड ४७ लाख रुपैयाँ  खुद व्याज आम्दानी गरेको छ । उक्त व्याज आम्दानी गत वर्षको भन्दा ३५.४६ प्रतिशतले धेरै हाे । गत वर्षको सोहि अवधिमा संस्थाले १४ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो 

त्यसैगरी, संस्थाको सञ्चालन नाफा पनि बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ करोड ३२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत वर्षको अवधिमा यो नाफा १२ करोड ३६ लाख रुपैयाँ रहेको थियो । 
 
हाल लघुवित्तको चुक्ता पुँजी ३३ करोड ८ लाख ८४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ करोड ७९ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, संस्थाको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६६ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी ७३ रुपैयाँ १३ पैसा रहेको छ । 

संस्थाले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

6018b9aed0f47.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको