Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म कायम सेयरधनीहरुले मात्र GILB को लाभांश पाउने

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, ०६ : २३ मा प्रकाशित

आजसम्म कायम सेयरधनीहरुले मात्र GILB को लाभांश पाउने

ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज फागुन १५ गते अन्तिम दिन रहेको छ ।

संस्थाले सभा प्रयोजनका लागि कम्पनीले भोलि फागुन १६ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, आज फागुन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको १० औँ वार्षिक साधारण सभा फागुन २४ गते, बेष्ट रिसोर्ट, पोखरा , कास्कीमा बिहान ९ बजेबाट सुरू हुनेछ । 

सभामा संस्थाको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको