Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले फेरि ल्यायाे ३ कम्पनीको शेयर लिलामीमा, कुनको कति कित्ता ?

अर्थ संसार

मंगलबार, २० माघ २०७७, १० : ०७ मा प्रकाशित

एनआईसी एशिया बैंकले फेरि ल्यायाे ३ कम्पनीको शेयर लिलामीमा, कुनको कति कित्ता ?

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको ३ वटा कम्पनीहरूकाे संस्थापक समूहकाे शेयर आज (माघ २० गते, मंगलबार) बाट फेरि लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेकाे छ ।

बैंकले नागरिक लगानी कोषको एक लाख ८२ हजार ५ सय ६० कित्ता, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे एक लाख ७३ हजार ८ सय ४४ कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ९२ हजार २ सय ६६ कित्ता संस्थापक समूहकाे शेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

नागरिक लगानी कोष​को सेयरको मूल्य प्रतिकित्ता एक हजार ६ सय २३ रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड​को सेयरमूल्य ३ सय ७९ रुपैयाँ  र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य ५ सय ३० रुपैयाँ तोकिएको छ  ।

लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आज (माघ २० गते, मंगलबार) बाट माघ २६ गते साेमबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6018d5933eb3b.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको