Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको नाफा ८४.८७ प्रतिशतले बढ्दा इपीएस कति ?

अर्थ संसार

मंगलबार, २० माघ २०७७, १३ : २० मा प्रकाशित

साधना लघुवित्तको नाफा ८४.८७ प्रतिशतले बढ्दा इपीएस कति ?

साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ काे आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको भन्दा ८४.८७ प्रतिशत धेरै हो । गत वर्ष कम्पनीले एक करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 
 
उक्त विवरण अनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९ करोड २१ लाख रुपैयाँ  खुद व्याज आम्दानी गरेको छ । उक्त व्याज आम्दानी गत वर्षको भन्दा ६६.९० प्रतिशतले धेरै हाे । गत वर्षको सोहि अवधिमा संस्थाले ५ करोड ५२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो 

त्यसैगरी, संस्थाको सञ्चालन मुनाफा पनि ११५.३३ प्रतिशतले बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ करोड ९७ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यो नाफा २ करोड ३० लाख रुपैयाँ रहेको थियो । 
 
हाल संस्थाको चुक्ता पुँजी २१ करोड ७७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ करोड २९ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, संस्थाको प्रतिसेयर नेटवर्थ  १४२ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी ३२ रुपैयाँ २३ पैसा रहेको छ । 

संस्थाले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

6019034f31ee9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको