Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तकाे सेयरमूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

नेप्से

बुधबार, ०३ कार्तिक २०७८, ०६ : ५५ मा प्रकाशित

साधना लघुवित्तकाे सेयरमूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

संस्थाकाे २५ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ४ सय १५ रूपैयाँ २० पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे । नेप्सेले मंगलबारकाे अन्तिम कारोबार मूल्य एक हजार ७ सय ६९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाकाे पाचाैँ वार्षिक साधारण सभा कार्तिक १३ गते शनिबार होटल गोरखा बिसौनी गोरखामा हुँदैछ ।

सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

616f6e1bc953a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको