Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, २६.३२% लाभांश पारित

अर्थ संसार

आइतबार, १४ कार्तिक २०७८, १३ : १२ मा प्रकाशित

साधना लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, २६.३२% लाभांश पारित

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाँचौ वार्षिक साधारण सभा हाेटल गाेरखा बिसाैनी गाेरखामा सम्पन्न भएकाे छ ।

उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागी १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्बतबाट  पारित गरेको छ ।  

संस्थाको सञ्चालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थापक समुहबाट आगामी चार वर्षे कार्यकालका लागी  कृष्ण बहादुर थापा, डा.नरहरी ढकाल, रमेश सापकोटा र अर्जुन कुमार सि. लाई सञ्चालकको रुपमा निर्विरोध निर्वाचित गरेको छ । साधारण सभा पश्चात बसेको सञ्चालक समितीको बैठकले कृष्ण बहादुर थापाको अध्यक्षतामा सञ्चालक समिती पूर्नगठन गरेको छ । 

साथै, आर्थिक वर्ष २०७८/०७९ को बाह्य लेखा परिक्षण कार्यका लागी लेखापरिक्षक श्री एस.डि एण्ड एसोसिएट्स,चार्टड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने, भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती/सहमती सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागी उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्न, सहमति पत्रमा हस्ताक्षर गर्न, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागी नेपाल राष्ट्र बैंकमा निवेदन दिन, सम्पती तथा दायित्वको मूल्याकङ्गन गर्न परामर्शदाता, मूल्याकङ्गनकर्ता, लेखापरिक्षक नियुक्त गर्न  र निजको पारिश्रमिक निर्धारण गर्न र अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यसँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागी सञ्चालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको