साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ५७ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ११५.९१ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ३ करोड ५० लाख ९५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि ६१.४६ प्रतिशतले बढेर १४ करोड ८८ लाख ५० हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ९ करोड २१ लाख ९१ हजार रूपैयाँ रहेकाे थियाे ।
दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि १०९.४४ प्रतिशतले बढेर १० करोड ४१ लाख ५६ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्थाले ४ करोड ९७ लाख ३० हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ३२ करोड १२ लाख २५ हजार रुपैयाँ र जगेडा कोषमा १३ करोड ६९ लाख २१ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) १४ रुपैयाँ ९५ पैसाले बढेर ४७ रुपैयाँ १८ पैसा पुगेको छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६२ पैसा रहेकाे छ ।
संस्थाले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस