Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

मंगलबार, ०२ कार्तिक २०७८, ०८ : २९ मा प्रकाशित

साधना लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक २ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि कार्तिक ३ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (कार्तिक २ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाकाे पाचाैँ वार्षिक साधारण सभा कार्तिक १३ गते शनिबार होटल गोरखा बिसौनी गोरखामा हुँदैछ ।

सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको