Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामीण विकास लघुवित्तको ५९.४५ प्रतिशतले बढ्दा अधिकांश सूचकमा चमक

अर्थ संसार

विहीबार, २२ माघ २०७७, १० : ४१ मा प्रकाशित

ग्रामीण विकास लघुवित्तको ५९.४५ प्रतिशतले बढ्दा अधिकांश सूचकमा चमक

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार संस्थाले  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १७ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा यो नाफा ५९.४५ प्रतिशतले धेरै हो। गत वर्षको यही अवधिमा संस्थाले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमाससम्म संस्थाले ५५ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाको  खुद ब्याज आम्दानी ५३ करोड ८१ लाख रुपैयाँ रहेको थियो। 

दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा २० करोड ६ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा संस्थाले १२ करोड ६८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।  


संस्थाको चुक्तापुँजी ९८ करोड २५ लाख रुपैयाँ र ७७ करोड ८ लाख रुपैयाँको रहेको छ। त्यसैगरी, प्रतिसेयर आम्दानी (ईपीएस) २२.७८ रुपैयाँबाट बढेर ३६.३२ रुपैयाँ पुगेको छ, भने प्रतिसेयर नेटवर्थ भने १७८.४६ रुपैयाँ रहेको छ। 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :-

601b8001a1386.JPG 601b80199a206.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको