Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामिण विकास लघुवित्त घाटामा, ईपिएस पनि ऋणात्मक !

अर्थ संसार

सोमबार, २१ कार्तिक २०७९, १० : ५० मा प्रकाशित

ग्रामिण विकास लघुवित्त घाटामा, ईपिएस पनि ऋणात्मक !

ग्रामिण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार पहिलो त्रैमाससम्ममा संस्थाको मुनाफामा व्यापक गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्था १ करोड १८ लाख ३५ हजार रुपैयाँ नोक्सानीमा छ । गत वर्षको यही अवधिमा संस्थाले ९ करोड २० लाख ९६ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ऋणात्मक छ यो अवधिमा कम्पनीको यस्तो मुनाफा १ अर्ब ३१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १३ करोड ५४ लाख रुपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि २७.२३ प्रतिशतले घटेर २१ करोड ९८ लाख २४ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब २७ करोड ७९ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएसं) ४ रुपैयाँ ८० पैसा ऋणात्मक छ । संस्थाको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ०७ पैसा रहेको छ । संस्थाको खराब कर्जा ३.२५ प्रतिशतले बढेर ४.९१ प्रतिशत पुगेको छ । 

संस्थाले प्रकाशन गरेको वित्तिय विवरणः

6368933e9e84a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको