Like us!
Follow us!
Connect us!
Watch us!

पछिल्लो २० कारोबार दिनमा १२४ % बढ्यो गुराँस लघुवित्तको मूल्य, अन्तिम मिनेटमा जहिले खेल !

अर्थ संसार

सोमबार, २६ चैत्र २०८०, ०६ : ४४ मा प्रकाशित

पछिल्लो २० कारोबार दिनमा १२४ % बढ्यो गुराँस लघुवित्तको मूल्य, अन्तिम मिनेटमा जहिले खेल !

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर पछिल्लो २० कारोबार दिनमा अस्वभाविक बढेको देखिन्छ। पछिल्लो २० कारोबार दिनमा कम्पनीको मूल्य १२४% बढेको हो ।

मार्च ७ मा यस कम्पनीको सुरुवाती कारोबार मूल्य ९६९ रुपैंया रहेको थियो भने एक महिनाको दौरानमा कम्पनीको मूल्य प्रति कित्ता १२०४.६० रुपैंया बढेर अप्रिल ७ मा २१७३.६० रुपैंयामा कारोबार बन्द भएको छ। 

थोरै कित्ताले बढाइयो मूल्य 

एक महिना अगाडीको कारोबार नियाल्ने हो भने कम्पनीको दैनिक कारोबार निकै नै कम हुने गरेको देखिन्छ। पछिल्लो २० दिनको सुरुवातमा पनि निकै थोरै कित्ताको किनबेच गर्दै कम्पनीको मूल्य उफारिएको देखिन्छ।  तर जब कम्पनीको मूल्य १५०० वरिपरि पुगेको देखिन्छ त्यस पछि  कम्पनीको सेयरको सेयरको भोल्युम पनि निकै बढेको देखिन्छ। 

अर्थात कम्पनीको मूल्य उचाल्ने खेलाडी कम्पनीको मूल्य बढेसंगै सेयर बेचेर निस्कदै त होइन भन्ने शंका गर्ने ठाउँ देखिन्छ। 

हेर्नुहोस कम्पनीको पछिल्लो २० दिनको मूल्य र भोल्युम 

२० दिनको अन्तिम मूल्य 

कस्तो छ कम्पनीको फण्डामेन्टलस 

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा नाफामा सुधार गरेको देखिन्छ। चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले ७७ लाख २८ हजार खूद नाफा आर्जन गरेको देखिन्छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा २ लाख ४७ हजार रुपैयाँ मात्र रहेको थियो। 

 ४३ लाख हाराहारीमा राइटब्याक गर्दा कम्पनीको नाफा बढेको देखिएको हो ।  खराब कर्जाको अनुपातघटेको छ।  अघिल्लो वर्ष यही अवधिसम्म ४.२७ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर ३.७५ प्रतिशतमा सीमित भएको देखिएको छ ।  

दोस्रो त्रैमास सम्म प्रतिसेयर आम्दानी (वार्षिकीकृत) १५.२४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५३.६० गुणा, प्रतिसेयर नेटवर्थ १२९.६७ रुपैयाँ र तरलता अनुपात ८.२४ प्रतिशत रहेको विवरण कम्पनीले सार्वजनिक गरेको थियो। 

अन्तिम मिनेटमा जहिले पनि खेल 

कम्पनीको फ्लोरसिटलाई नियाल्ने हो भने कम्पनीको सेयर अन्तिम मिनेटमा केहि दिन देखि निरन्तर बढाउने गरिएको छ। निकै सस्तोमा किनिएका कम्पनीको सेयर अन्तिमा उफार्दै भएको सेयर निकाल्दै गरिएको त होइन ? यस कम्पनीमा लगानी गर्ने लगानीकर्ताले अध्ययन गर्नै पर्ने हुन्छ। 

तपाईलाई के लाग्छ? गुराँस लघुवित्तको सेयरमा भएको के हो ? अब के होला ? सेयरको मुल्य बढ्ला कि घट्ला ? कमेन्ट गर्नुहोस। 

(खेलाडीको रणनीति बारे लेखिएको केबल लेखकको विचार हो , यसका आधारमा सेयर किनबेच नगर्नुहोला)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको