Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामिण विकास लघुवित्तको २३ हजार कित्ता सेयर बिक्रिमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

अर्थ संसार

बुधबार, ११ माघ २०७९, ०७ : ११ मा प्रकाशित

ग्रामिण विकास लघुवित्तको २३ हजार कित्ता सेयर बिक्रिमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । संस्थाले प्रुडेन्सियल क्यापिटल मेनेजमेण्ट कम्पनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । उक्त सेयर किन्न चाँहाने लगानीकर्ताहरुले न्यूनतम ३५० रुपैयाँ र सोभन्दा बढि मूल्यमा आवेदन दिन सक्नेछन् ।

संस्थाले यसअघि एक सूचना प्रकाशन गर्दै संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले माघ २० गतेभित्र आवश्यक कागजपत्र संकलन गरेर एनआईशि एसिया क्यापिटल काठमांडौमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको