नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिभिल बैंक लिमिटेडकाे बाेनस सेयरमा मूल्य समायाेजन भएकाे छ ।
बैंककाे ८ प्रतिशत बाेनस सेयर पछि नेप्सेले प्रतिकित्ता २१५ रूपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २३२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंककाे दशाैँ वार्षिक साधारण सभा फागुन ९ गते, आइतबार हुँदैछ ।
सभामा सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ नगद (कर प्रयाेजनका लागि) गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस