Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ करोड ६२ लाख कित्ता सेयर सूचिकृत

नेप्से

शुक्रबार, २३ माघ २०७७, १३ : ३१ मा प्रकाशित

नेप्सेमा २ करोड ६२ लाख कित्ता सेयर सूचिकृत

यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ५ वटा कम्पनीको २ करोड ६२ लाख ४५ हजार कित्ता सेयर सूचिकृत भएको छ । जसमध्ये ३ वटा कम्पनीको बोनस सेयर र २ वटा कम्पनीको हकप्रद सेयर रहेको छ ।

यस साता सेयर सूचिकृत हुने कम्पनीहरुमा समृद्धि फाइनान्स लिमिटेड, सानिमा बैंक लिमिटेड, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक रहेका छन् ।

यस साता समृद्धि फाइनान्स लिमिटेडको ४ लाख ३० हजार ६ सय ३९ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

त्यस्तै, सानिमा बैंक लिमिटेडको ८८ लाख १ हजार ३ सय ८० दशमलव ९८ कित्ता बोनस सेयर, चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको ५७ लाख ९ हजार ७ सय ६२ दशमलव २५ कित्ता बोनस सेयर,  नेपाल फाइनान्स लिमिटेडको १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद सेयर र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडको ९६ लाख ५ हजार ९ सय ९७ दशमलव ३५ कित्ता बोनस सेयर पनि यसै साता नेप्सेमा सूचिकृत भएको छ ।

601cf9228ed2c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको