Like us!
Follow us!
Connect us!
Watch us!

विजय लघुवित्तको नाफा २८.७४ प्रतिशतले बढ्दा अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

आइतबार, २५ माघ २०७७, ०८ : ५३ मा प्रकाशित

विजय लघुवित्तको नाफा २८.७४ प्रतिशतले बढ्दा अन्य सूचक कस्ता छन् ?

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

आज सार्वजनिक विवरणअनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। 

यो नाफा गत वर्ष यही अवधिको तुलनामा २८.७४ प्रतिशतले धेरै हो । गत वकोर्ष यही अवधिमा संस्थाले ५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

संस्थाले सञ्चालन मुनाफाबाट ८ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको थियो। गत वर्ष यही अवधिमा संस्थाले ३५ लाख ४९ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको थियो।

त्यसैगरी, संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १५ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद आम्दानी १२ करोड ६३ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी २६ करोड ६५ लाख रुपैयाँ र जगेडा कोष १२ करोड ८५ लाख रुपैयाँ रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ५४.७० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४८.२१ रुपैयाँ रहेको छ। 

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

601f5a773f490.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको