Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकले २५ लाख कित्ता सेयर लिलामीमा ल्याउँदै

अर्थ संसार

आइतबार, २५ माघ २०७७, १३ : ५३ मा प्रकाशित

एनसीसी बैंकले २५ लाख कित्ता सेयर लिलामीमा ल्याउँदै

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरि बिक्री गर्ने भएकाे छ । बैंकले न्युनतम मूल्य प्रति कित्ता १४० रूपैयाँमा फागुन २ गते आइतबारबाट २५ लाख कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरि बिक्री गर्न लागेकाे हाे ।

उक्त सेशेयरमा हालका संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले फागुन २ गतेदेखि फागुन ९ गतेसम्म न्यूतमम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् ।

त्यसैगरी, उक्त सेयरकाे निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

601fa0b1ee973.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको