Like us!
Follow us!
Connect us!
Watch us!

वर्ल्डलिंकको ‘तहल्का’ इन्टरनेट योजना, महिनाको ७९९ रुपैयाँमै टिभि र इन्टरनेट !

अर्थ संसार

आइतबार, २५ माघ २०७७, १४ : ३९ मा प्रकाशित

वर्ल्डलिंकको ‘तहल्का’ इन्टरनेट योजना, महिनाको ७९९ रुपैयाँमै टिभि र इन्टरनेट !

वर्ल्डलिंक कम्युनिकेसन्स  लिमिटेडले   सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने योजना  ‘तहल्का’ योजन ल्याएको छ ।  इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढी मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिँदै यस्तो योजना ल्याएको हो । 

यस योजना अन्तर्गत ग्राहकले नेटभिटिले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टिभी च्यानलहरू  र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक रु। ७९९ मै पाउने कम्पनीले जनाएको छ ।  

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालका अनुसार इन्टरनेट जडान गरेर पनि इन्टरनेटको प्रयोग धेरै नगर्ने सबै ग्राहकहरुका लागि उपयुक्त हुने गरी “तहल्का” योजना ल्याएका हौं उनले भने ।

आईपीटीभी र इन्टरनेट सेवा दुबैका लागि मासिक ७९९ रूपैयाँ मात्र शुल्क राखेको कम्पनीले जनाएको छ ।  वर्ल्डलिंकले यस अफरसँगै नेटभीटी (आईपीटीवी) सेवासँगै कम्बो प्याकमा  ६० एमविपिएस सम्मको उच्च गतिको इन्टरनेट प्याकहरू पनि उपलब्ध गराइरहेको छ ।  ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार विभिन्न इन्टरनेट र टिभी प्यकेजहरू छनौट गर्न सक्ने छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको