Like us!
Follow us!
Connect us!
Watch us!

वर्ल्डलिंकको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी कोसेली

अर्थ संसार

सोमबार, १२ मंसिर २०७९, १४ : २७ मा प्रकाशित

वर्ल्डलिंकको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टिभी कोसेली

वर्ल्डलिंक  कम्युनिकेशन्स लिमिटेडले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टेलिभिजन (टिभी) कोसेली प्रदान गरेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा काम गरिरहेको  वर्ल्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल भएको अवसरमा पारी ७ जना ग्राहकलाई टेलिभिजन कोसेली दिएको हो।

१ लाखदेखि ७औं लाख ग्राहक नम्बर भएका ग्राहकलाई कोसेली प्रदान गरेको  वर्ल्डलिंकले जनाएको छ । टेलिभिजन कोसेली पाउनेमा मकवानपुर हेटौंडाका निरज बराइली, झापा बिर्तामोडकी मनिसा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर uठ्ठाघरका भीमबहादुर कुमाल, राष्ट्रबैंक चोक पाेखराका रविन थापा र बालाजुका हुमनाथ अधिकारी छन् ।

बराइली  वर्ल्डलिंकको इन्टरनेट सेवा लिने १ लाख नम्बरका ग्राहक हुन् । सन् २०१७ को मे मा वल्र्डलिंकले १ लाख ग्राहक बनाएको थियो । यस्तै, बिर्तामोडकी राई  वर्ल्डलिंककी २ लाख नम्बरकी ग्राहक हुन् । सन् २०१८ मा  वर्ल्डलिंकले २ लाख ग्राहक संख्या पार गरेको थियो ।

बुटवलका थापा ३ लाख नम्बरका ग्राहक हुन् । उनी सन् २०१९ मा वल्र्डलिंकको ग्राहक बनेका थिए । यी वर्ष फेब्रवरीमा  वर्ल्डलिंक ३ लाख ग्राहक बनाउन सफल भएको थियो ।

सुर्खेतका रोकाया, गठ्ठाघरका कुमाल,  पोखरा राष्ट्र बैंक चोकका रविन र बालाजुका अधिकारी क्रमशः ४ लाख, ५ लाख, ६ लाख र ७ लाख नम्बरका ग्राहक हुन् । उनीहरूले सन् २०२० यता  वर्ल्डलिंकको ग्राहक बनेका हुन् ।

सन् १९९५ बाट सेवा सुरु गरेको  वर्ल्डलिंकले २७ वर्षमा गत नोभेम्बर १४ मा ग्राहकको संख्या ७ लाख पुर्याएको हो । सबैभन्दा बढी ग्राहक कोभिड–१९ महामारीपछि थपिएको  वर्ल्डलिंकले जनाएको छ । सन् २०१९ को फेब्रवरीसम्म ३ लाख ग्राहक बनेकोमा सन् २०२२ को नोभेम्बरसम्म आइपुग्दा थप ४ लाख ग्राहक थपिएका छन् ।

देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वल्र्डलिंकमा ५ हजार नागरिकले रोजगारीको अवसर पाएका छन् । देशका सात वटै प्रदेशका ७३ जिल्लामा  वर्ल्डलिंकको इन्टरनेट पहुँच पुगिसकेको छ । बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङ जिल्लfमा पनि चाँडै आफ्नो सेवा विस्तार गर्ने  वर्ल्डलिंकले जनाएको छ ।

देशको कूल इन्टरनेट ट्राफिक मध्ये ४२ प्रतिशत हिस्सा वर्ल्डलिंकको छ । साथै देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत निशुल्क वाईफाई सेवा समेत उपलब्ध गराउँदै आइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जानकारी अनुसार एउटा घर/कार्यालयमा लिइएको इन्टरनेट कनेक्सन औसतमा ४.३ जना प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । यसलाई आधार मान्दा देशभरमा नेपालमा  वर्ल्डलिंकको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्या ३० लाख २४ हजारभन्दा बढी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको