Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानीमा १०% भ्याट फिर्ता

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, ११ : २० मा प्रकाशित

खल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानीमा १०% भ्याट फिर्ता

नेपालमा पहिलो पटक वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १०% फिर्ता पाउन सक्नेछन्।

भूतपूर्व अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७६ मार्फत प्रारम्भ गरिएको, खल्तीले  आन्तरिक राजस्व विभाग (आई आर डी) र वर्ल्डलिङ्कसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको छ। वर्ल्डलिंक र खल्ती दुवै मिली नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्न काम गरिरहेका छन्।

१०% भ्याट फिर्ताको साथै खल्तीले पहिले नै १. ५ % क्यासब्याक + रु. १०० क्यास्ब्याक अर्थतन्त्रलाई प्रोत्सहन गर्न वर्ल्डलिङ्क बिल भुक्तानीमा प्रोमो कोड GOCASHLESS प्रयोग गरी छुट प्रदान गरेको छ । अब थप १०% भ्याट फिर्ताले डिजिटल नेपाल तर्फ ६,५०,००० वर्ल्डलिङ्क घरपरिवारलाई सजिलै प्रत्यक्ष फाइदा पुर्याउनेछ।  उपभोक्ताहरूले भ्याट रकमको चार्ज गरिएको १३% भ्याट को १०% भ्याट फिर्ता पाउनेछन् । यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ता वर्गको हुनु पर्नेछ साथै वर्ल्डलिङ्क जडान पनि  उपभोक्ता वर्गको हुनु पर्नेछ अर्थात यो सुविधा व्यवसायिक कार्य प्रयोजनको लागि दिईने छैन l

यस सेवाले निश्चित रूपमा सबै नेपालीहरूमा वित्तीय समावेशीकरण ल्याउने आफूहरूकाे दृष्टिकोणलाई अगाडी बढाउने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिएका छन् ।

त्यस्तै, यस भ्याट फिर्ताको अफरले आफूहरूकाे डिजिटल नेपालको साझा अभियानलाई अगाडी बढाउने र साथै वर्ल्डलिङ्कका प्रयोगकर्ताहरुलाई पनि खल्ती मार्फत भुक्तानी गर्न प्रोत्साहन दिने वर्ल्डलिंकका सामुहिक प्रमुख वित्तीय अधिकारी, संजय कुमार साहले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको